ऐन तथा यसनियमावलीमा अन्यत्र मा लेखिएका काम, कर्तव्य र अधिकारका अतिरिक्त केन्द्रीय ज्येष्ठ नागरिक कल्याण समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) ज्येष्ठ नागरिकको संरक्षण र सामाजिक सुरक्षा गर्ने योजना तथा कार्यक्रमका लागि आवश्यक आर्थिक स्रोत परिचालन गर्न आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरी मन्त्रालयसमक्ष सिफारिश गर्ने,
(ख) जिल्ला ज्येष्ठ नागरिक कल्याण समितिलाई मार्गदर्शन गर्ने,
(ग) जिल्ला ज्येष्ठ नागरिक कल्याण समितिको वार्षिक कार्यक्रमहरुको प्रगति समीक्षा एवं मूल्याङ्कन गर्ने,
(घ) आवश्यकता अनुसार स्थानीय ज्येष्ठ नागरिक
समितिको सिफारिसमा हेरचाह केन्द्र, दिवा सेवा
केन्द्र वा ज्येष्ठ नागरिक क्लब स्थापना गर्न कुनै
व्यक्ति वा संस्थालाई प्रोत्साहन र सहयोग गर्ने,
(ङ) प्रचलित कानूनको अधीनमा रही राष्ट्रिय एवं अन्तर्राष्ट्रिय संस्थाहरुको सहयोग समेत लिई ज्येष्ठ नागरिकमा रहेको ज्ञान, सीप, क्षमता र अनुभवको सदुपयोग गर्नका लागि आवश्यक कार्यहरु सञ्चालन गर्ने गराउने,
(च) ज्येष्ठ नागरिकहरु प्रति श्रद्धा, आदर तथा सद्भावको अभिवृद्धि गर्ने सम्वन्धमा आवश्यक अन्य काम गर्ने ।